images
images

कटारी अस्पत्तालमै मुटु , नशा र क्यान्सरको स्वास्थ्य जाँच

कटारी / कटारी अस्पत्तालमा आज दोस्रो पटक विशिष्टिकृत सेवा ओपिडीबाट मुटु , नशा र क्यान्सर सम्बन्धि स्वास्थ्य जाँच गरिएको छ । कटारी अस्पत्तालका मेडिकल सुपरीडेण्टेड डा.गौरब साहका अनुसार आज दोस्रो पटक अस्पत्तालबाट मुटु , नशा र क्यान्सर सम्बन्धि रोगहरुको स्वास्थ्य जाँच गरिएको हो ।
आजकाें चेकजाँचमा मुटु सम्बन्धि ४० , नशा सम्बन्धि ४० जना र क्यान्सर सम्बन्धि ९ जनाको स्वास्थ्य जाँच गरिएको पनि सुपरीटेण्डेट डा.साहले बताउनुभयो । ‘यहाँबाट उपचार सम्भव भएको र औषधिहरु दिन सकिने सेवा दियौं ।’डा.साहले भन्नुभयो ,‘अन्यत्र जानुपर्ने अवस्था देखिएकाहरुलाई सोही अनुसार जानकारी गरायौं ।’
सेवा दिनका लागि नशा सम्बन्धि रोगका लागि डा.सतिश साह , मुटु सम्बधि डा.माधव विष्ट र क्यान्सर सम्बन्धि जाँचका लागि डा.अस्मिता रायमाझी , डा.गौरब साह कन्सटेन्ट प्याथोलोजिष्ट र डा.सन्तोष साहले ओपिडीमा रहेका थिए । आगामी महिना सम्बन्धित विरामीहरुका लागि अन्य सम्बन्धित विशेषज्ञ डाक्टरहरु आउनेछन् ।
कटारी अस्पत्तालबाट नै गम्भिर प्रकृतिका रोगहरुको पनि स्वास्थ्य जाँच गराउन पाउँदा विरामीहरुलाई सहज भएको छ । स्वास्थ्य जाँचका लागि कटारीसँगै सिन्धुलीको दुधौली आसपासबाट पनि विरामीहरु आउने गरेका छन् ।
गएको ३ जेठमा पहिलो पटक विशष्टिकृत सेवा दिएको अस्पत्तालले यो दोस्रो पटक सेवा दिएको हो । सेवालाई निरन्तरता दिईने अस्पत्तालले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पत्तालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । उक्त अस्पत्तालमा समेत वीमा सेवा प्रदान हुने भएकाले सम्बन्धित विरामीहरुलाई सहज उपचार गराउन अस्पत्ताल तयार रहेको डाक्टरहरु वताउँछन् ।