
कटारी / भर्खरै प्रकाशित एसईई २०८० को परीक्षाको नतिजा अनुसार सिन्धुलीको दुधौली नगरपालिकाको सामुदायिक विद्यालयहरुको नतिजा लज्जास्पद रहेको छ । नगरपालिकाका सामुदायिक २१ विद्यालय एसईईमा सहभागी भएका थिए ।
नतिजा अनुसार सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत जम्मा २ दशमलव ९९ प्रतिशत मात्रै रहेको छ । जम्मा नगरपालिकाबाट २१ सामुदायिक विद्यालयका १ हजार २ जना परिक्षामा सहभागी भएकोमा ३० जना मात्रै उत्तीर्ण भएका हुन् ।
त्यसैगरी नगरपालिकाका १० विद्यालयको नतिजा शुन्य रहेको छ । नतिजा हुने विद्यालयमा श्रीमावि पात्ले , जनप्रेमी मावि अरुणडाँडा , जनजागृति मावि कोगटी , भानु मावि रतनपुर , मावि वाँस्वोटे , मावि सुगारे , अरुणोदय मावि राताटार , ज्ञानकुञ्ज मावि पचरुखी , मावि सिथौंली र कमला मावि मैनी रहेका छन् ।
परीक्षामा भर्खरै नमुनमा मावि घोषित भएको मावि लदाभिर खिरियानीबाट एकसय ४ विद्यार्थी सहभागी भएका थिए । जसमा दुईजना मात्रै उत्तिर्ण भएका छन् । उक्त विद्यालयका प्रधानाध्यापक मोहनशाही ठकुरी रहेका छन् ।
त्यसैगरी नगरपालिकाका ४ संस्थागत विद्यालयबाट १ सय १५ ले परीक्षा दिएकोमा ८२ जना उत्तीर्ण भएका छन् । संस्थागत मध्ये सवैभन्दा वढी ४० जना सहभागी भएकोमा ३६ जना अर्थात ९० प्रतिशत उत्तीर्ण गर्ने विद्यालयमा सिन्धुली सनराईज ईङ्गलिस वोर्डिङ्ग स्कूल कर्ता रहेको छ ।दुधौलीको सामुदायिक विद्यालयमा वढ्दो राजनीतिका कारण शैक्षिक गुणस्तर खस्किएको अभिभावकहरुको भनाई छ ।