images
images

कटारीमा खाद्य तथा जिन्सी वैंक उदघाटन

कटारी / कटारीमा खाद्य तथा जिन्सी वैंक संञ्चालनमा आएको छ । कटारी , ३ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षमा तयार पारेको कार्यक्रम अन्र्तगत खाद्य तथा जिन्सी वैंक कटारीको आज नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्काले रिबन काटेर उदघाटन गर्नुभएको थियो ।
वडा कार्यालयसँगै संञ्चालनमा आएको वैंकको उदघाटन गर्दै प्रमुख अतिथि मेयर श्रेष्ठले सबैको प्रत्यक्ष सहभागितमा मात्रै वैंक दिगो हुने बताउनुभयो । कसैले नाङ्गै वस्न नपरोस र कसैले भोकै वस्न नपरोस भनेर वैंकको स्थापना गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि उपमेयर गिता खड्काले दिनदुखी गरिबहरुका लागि यो वैंक सहारा वन्ने बताउनुभयो । वैंक स्थापनका लागि विशेष कार्यक्रम वनाएको भन्दै वडाध्यक्ष पुष्कर खड्काले यसको नियमित संञ्चालनका लागि सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वडा कार्यालय मार्पmत सुरु गरिएको यो वैंकका लागि नगरपालिकाले कार्यविधि बनाएर संञ्चालन समिति मार्पmत संञ्चालन सुरु गरिएको उहाँको भनाई थियो । तत्काललाई कपडा वैंकबाट सुरु गरिएको वैंकमा खाद्यान्न वेवारिसे शव जलाउन दाउरा सवै किसिमको सामाग्रीहरु राखिने वैंक संञ्चालन व्यवस्थापन समितिका अध्यक्ष धुव्रसिंह कार्कीले बताउनुभयो ।
हुनेले दिने र नहुनेले लिने गरी वैंकको स्थापना गरिएको वताउँदै अध्यक्ष कार्कीले सवैलाई सहकार्य गर्न आग्रह गर्नुभयो । वैंकमा लगाउन मिल्ने कपडाहरु सहयोग प्रदान गर्न सकिने तथा नहुनेले एकपटकमा एकजोर कपडा छानेर लैजान सकिनेछ ।
वैंकमा मेसिनबाट कपडा धुने , सिलाउने , आईरन लाउने प्रवन्ध गरिएको छ । वैंक वडा कार्यालय समय अवधिमा संञ्चालन हुनेछ । उदघाटन सँगै वैंकमा कपडा लिन आउनेहरु समेत आउन थालेका छन् ।
वैंकको उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , वडाध्यक्षहरु , राजनीतिक दलका प्रतिनिधिहरु , उदयपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु , टोल विकास संस्थाका प्रनितिधिहरुको उपस्थिति रहेको थियो ।