images
images

प्रदेशमन्त्री नारायण बुर्जा मगरको उपस्थितिमा वृक्षारोपण गर्दै वृक्षारोपण दिवश मनाईयो

कटारी/ भावि सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौं भन्ने आज राष्ट्रिय वृक्षारोपण दिवश कटारीमा पनि मनाईएको छ । डिभिजन वन कार्यालय त्रिवेणी उदयपुरको आयोजनामा वृक्षारोपण गरी दिवन मनाईएको हो ।
कटारी नगरपालिका वडा नम्बर १ को वेलसोत स्थित मझिनटार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपण गरिएको थियो । कोशी प्रदेश सरकारका पर्यटन , वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेशका पूर्व राज्यमन्त्री कला घले , कटारी नगरपालिकाका उपमेयर गिता खड्का ,ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष राई , डिभिजन वन कार्यालय कटारीका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साह , सव डिभिजन वन कार्यालय त्रिवेणीका वन अधिकृत सन्तोष चौधरी , प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस कटारी विद्यार्थीहरु सहभागी थिए ।
त्यसैगरी कटारी १ का वडाध्यक्ष पदम लाल मगर , कटारी १२ का वडाध्यक्ष यम्बरबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो । सव डिभिजन वन कार्यालय त्रिवेणीका वन अधिकृत सन्तोष चौधरीका अनुसार २० वटा वेल १० वटा अम्बा , ३० वटा अमला , २० वटा जामुन , १० वटा ईमिली र २० वटा सरिफा गरी १ सय वटा वोट विरुवाहरु वृक्षारोपण गरिएको थियो ।
कार्यक्रमको अवसरमा मन्त्री मगरले नवनिर्मित सव डिभिजन वन कार्यालयको भवनको पनि अवस्था बारे अवलोकन गर्नुभएको थियो ।