कटारी/ त्रिवेणी मावि कटारी ४ मा अध्ययनरत छात्र छात्राहरुलाई यस वर्ष देखि राष्ट्रिय सेवा दलको तालिम दिईने भएको छ । आज विद्यालयमा एक कार्यक्रम गरी नेपाली सेनाले तालिमका लागि तयारी भएको जानकारी दिएको छ ।
कार्यक्रममा वोल्दै १८ नम्बर वाहिनीका बाहिनी पति मनोज वैदवारले वफादार अनुशासित युवा तयार गरी राष्ट्रलाई योगदान दिन सक्ने बनाईने बताउनुभयो । वाहिनीपति वैदवारले विद्यार्थीहरुलाई यहि समयमा आफु के बन्ने भनेर लक्ष्य राख्नुपर्ने र लक्ष्य बमोजिम अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सकेसम्म नेपालमै अवसर खोज्न पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । त्यसैगरी पशुपति गणका गणपति विष्णुप्रसाद वाग्लेले नेपाली सेनाले स्वयंसेवक दस्ता तयार गर्न तालिम दिंदै आएको ईतिहास बारे जानकारी गराउनुभयो । तालिममा सहभागी हुनु सेना हुनु नभई अनुशासित युवा तयार गर्नु रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाको ईतिहास , सेनाको काम कर्तव्य , लगायतका विषयमा समेत जानकारी गराईएको थियो ।नेपालमा राष्ट्रिय सेवा दलको स्थापना २०२२ मा भएको हो ।
तालिम अन्र्तगत विद्यालयमा लामो अवधिको र अन्तिम तालिम २१ दिनको तालिम सेनाको पूर्वी तालिम शिक्षालय याङ्गशिलामा दिईनेछ । त्रिवेणी माविबाट १८ छात्र र १८ छात्रा गरी ३६ जनाले तालिम लिने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताउनुभयो ।
यस क्षेत्रकै नमुना विद्यालयमा तालिम गर्नका लागि सवै तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले बताउनुभयो ।


जनता भ्वाइस 







