images
images

विद्यार्थीलाई दुव्र्यहार गर्ने शिक्षकलाई ऐन बमोजिम हदैसम्मको कार्वाही गर्न निर्देशन

कटारी /आर्थिक अवस्था कमजोर भएकै कारण कापी नलिई विद्यालय गएका कटारी नगरपालिका वडा नम्बर २ स्थित कमला प्रावि खोक्सामा कक्षा ३ मा अध्ययनरत एक छात्रलाई दुव्र्यहार गर्ने शिक्षकलाई कार्वाही गर्न कटारी नगरपालिकाले निर्देशन दिएको छ । मंगलवार विहान विद्यालय अध्ययनका लागि पुगेका ७ वर्षिय एक छात्रलाई विद्यालयका शिक्षक नातीबाबु भट्टराईले कापी नलिई आएको भन्दै मार्करले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन् ’ लेखेर विद्यालयबाट घर पठाईदिएका हुन् ।
विद्यार्थीलाई दुव्र्यहार गरेको घटना सार्वजनिक भएलगत्तै कटारी नगरपालिकाले २४ घण्टे पत्र पठाई स्पष्टिकरण माग गरेको थियो । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार स्पष्टिकरणमा आफुले गलत गरेको स्विकार गरेका शिक्षक भट्टराईलाई शिक्षा ऐन २०२८ , शिक्षा नियमावली २०५९ र कटारी नगरपालिकाको शिक्षा कार्यविधि २०७७ अनुसार सम्बन्धित प्रधानाध्यापकलाई निर्देशन दिदिने भनी नगरपालिकाबाट निर्णय भएकाले कार्वाही गर्न निर्देशन दिईएको हो ।
शिक्षक भट्टराईलाई तीनमहिनासम्मको निलम्बन गरिने पनि मेयर श्रेष्ठले बताउनुभयो । ‘ऐन अनुसार हदैसम्मको कार्वाही गर्न निर्देशन दिएका छौं ।’मेयर श्रेष्ठले भन्नुभयो , ‘हिजो भएको वैठकले वालवालिकामाथि गरेको अनुशासनहिन कामका लागि ऐन अनुसार कार्वाही गर्न भनेका छौं ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई हस्ताक्षरित निर्देशन पत्र पठाउँदै नगरपालिकाले कार्वाही गर्न भनेको हो । आप्mनो आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जाँदा छोराले कापी नलगेको बताउँदै छात्रका बुवाले दुव्यहार भएको बताउनुभएको थियोे । ‘विहान स्कूल पठाएको आठबजेतिर स्कूलबाट रेष्टिकेट नै गरेजस्तो गरी मार्करले निधार र गालामा लेखेर घर पठाईदिएछन् ,’उहाँले भन्नुभयो । ‘त्यसरी घर पठाएको देखेपछी सबैले हाँस्दै बाटोमै फोटोहरु खिचेछन् , अनि अस्ति फेसबुक तिर हालिदिएछन् ,’
‘फोन गरेर भनेको भएपनि हुने थियो त्यसरी मार्करले लेखेर रेष्टिकेट गरे जसरी पठाएछन् ,’दुव्र्यहारमा परेका छात्रको अभिभावकको आर्थिक अवस्था कमजोर नै रहेको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । वडाध्यक्ष थापाका अनुसार दुव्र्यहार गर्ने शिक्षक भट्टराई राहत शिक्षक हुन् ।
सामाजिक संञ्जालमा दुव्र्यहारमा परेका छात्रको फोटो सार्वजनिक भएपछी घटना वाहिरिएको थियो । सार्वजनिक भएको फोटोमा प्रतिकृया जनाउँदै शिक्षक भट्टराईले घटनाको स्विकार गरेका थिए ।