
कटारी / नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय सदस्य तथा मावि कल्याणपुर कटारी २ का लेखापाल भुवन पोखरेलले जन्मदिनको अवसरमा वालवालिकाहरुलाई स्टेशनरी वितरण गर्नुभएको छ ।आज परेको जन्मदिनको अवसरमा पोखरेलले विद्यालयका वालकक्षा देखि तीन कक्षा सम्मका ४० जना वालवालिकाहरुलाई स्टेशनरी वितरण गर्नुभएको हो ।
जन्मदिनको अवसरमा हुने फजुल खर्च भन्दा पनि वालवालिकाहरुलाई पठन पाठनमा सहयोग पुगोस भनेर स्टेशनरी वितरण गरेको पोखरेलले बताउनुभयो । स्टेशनरी वितरण गर्दै विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुवीच पोखरेलेको जन्मदिनको शुभकामना आदान प्रदान गरिएको हो । पोखरेल कटारी २ का स्थानीय हुनुहुन्छ । स्टेशनरी पाएपछी वालवालिकाहरु खुसी भएका थिए ।