कटारी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ११ बुदेँ ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकालाई सेवा प्रवाह र शुसासनको बिषयमा ११ बुदँे ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर राइको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई आर्थिक बर्ष २०७९÷०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका बिषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न ज्ञापन पत्र बुझाएको एमाले लिम्चुङबुङले जनाएको छ ।
एमालेले मलेप प्रतिवेदनमा उल्लेख भएको सैद्धान्तिक बेरुजुको बारेमा गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित निम्न शिर्षकहरुमा अत्याधिक खर्चहरु भएकोले नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटिको गम्भिर ध्यानकार्षण सहित यो ज्ञापन पत्र मार्फत सबै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न गराउन जोडदार माग गरिएको छ ।
हेर्नुहोस ज्ञापन पत्रका मागहरु –


जनता भ्वाइस 










