images
images

कटारीमा पनि श्रमदान कार्यक्रमको चलन बढ्दै

कटारी /लगातार तेस्रो साताको शनिबार कटारी , ३ स्थित साकेला पार्कमा विहानै श्रमदान जारी छ । किरात राई यायोक्खासँग सम्वन्धित व्यक्तिहरुले पार्क क्षेत्रमा विरुवाहरु रोप्ने , रिचार्ज पोखरी खन्ने , वोट विरुवाहरुलाई वेराघेरा गर्ने काम गरिरहेका छन् ।
कर्ण राईको नेतृत्वमा सुरु गरिएको अभियान प्रत्येक शनिवार विहान संञ्चालित छ । सामाजिक संञ्जाल फेसबुकको ग्रुपबाट आव्हान गर्ने गरिएको छ । सामुहिक श्रमदानसँगै उनीहरु साकेला पार्कलाई कसरी सुन्दर पार्कको रुपमा विकास गर्न सकिन्छ भन्ने योजनाहरु समेत बनाउँछन् ।
त्यसैगरी केहि महिनादेखि कटारी ७ को गढिकोट डाँडामा पनि श्रमदानको अभ्यास गरिरहेका छन् , सूर्य लामा , त्यहाँ पनि वृक्षारोपण लगायतको श्रमदानबाट कामहरु भईरहेका छन् । त्यस्तै कटारी ७ कै सूर्योदय टोल विकास समितिले पनि आव्हान नै गरेर श्रमदान गरिरहेको छ ।
उनीहरु त्यसक्षेत्रमा चल्ल्ने सडकको सरसफाई साथै मर्मत कार्यमा खटिने गरेका छन् । आवश्यक ज्यावलहरु घरबाटै ल्याउने एकआपसमा मिलेर काम गर्ने यो प्रचलन वढ्दै गएको छ ।
श्रमदानले सामुहिक रुपमा लागे विकास सम्भव छ भन्ने देखाउँछ । सामुहिक रुपमा श्रमदानमा भेला हुँदा त्यस क्षेत्रको विकासका बारेमा पनि छलफल हुन्छ यसले थप नयाँ योजनाहरु वन्न सक्छ । विगतमा धेरै कामहरु श्रमदान वा आपैm मिलेर सम्भव हुन्थ्यो ।
पछिल्लो सयम धरानका मेयर हर्क साङ्गपाङ्गले श्रमदानबाटै विकासहरु सम्भव गरेर देखाईदिएपछी यो शैली देशैभर पैmलिएको छ । श्रमदान अर्थात निशुल्क सार्वजनिक रुपमा निशुल्क श्रम गर्ने वा दिने कार्य कटारीमा पनि बढ्दै गएको छ । यसलाई निरन्तरता दिई सवैजना जुट्दै गए विभिन्न स्थानमा परिवर्तन सम्भव छ ।