images
images

उज्यालो नगर अभियान अन्र्तगत सडक वत्ती जडान सुरु

कटारी / उज्यालो नगर अभियान अन्र्तगत कटारी नगरपालिकाका सडकहरुमा वत्ती जडान सुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित मदन भण्डारी राजमार्गबाट वत्ती जडान सुरु गरिएको हो ।
रातको समयमा हुने जोखिम न्युनिकरण र नगरलाई उज्यालो बनाउन अभियान अन्र्तगत वत्ती जडानको काम थालिएको हो । वत्ती जडानको काम नगरको विभिन्न आवश्यक बजार र वस्तीहरुमा गरिने कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
काम सुरु भएको र जारी रहेकाले अहिले नै यति लागतको भन्ने यकिन नभएको पनि मेयर श्रेष्ठले बताउनुभयो । ‘उज्यालो नगर अभियान अन्र्तगत काम सुरु गरेका छौं ।’मेयर श्रेष्ठले भन्नुभयो ,‘नगरको अन्य बजारहरु , घुर्मी बजार , तथा आवश्यक गाउँ वस्ती र बजारहरुमा लगाउने भन्ने बारे छलफल भईरहेको छ ।’
अहिले पहिलो चरणमा कटारी ४ स्थित मदनभण्डारी राजमार्गमा लगाईएको बत्तीले नगरको सौन्दर्य समेत बढाएको छ । यहि बाटो भएर कोशी प्रदेशका सुदुर पूर्वसम्मका यात्रुहरुले राजधानी काठमाडौं आउजाउ गर्ने गरेका छन् ।
कटारी बजारको प्रवेशद्वारसँगै जोडिएको वत्तीले कटारी नगरको पहिचानलाई सवै सम्म पुराएको छ ।