कटारी /कटारी नगरपालिका वडा नम्बर ७ माकुरेका धिरेन्द्र दाहालले आप्mनो जन्मदिनको अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्नुभएको छ । दाहालले आज आप्mनो जन्मदिनको अवसरमा श्री जनज्योति आधारभूत विद्यालय माकुरेका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई कापी र कलम वितरण गर्नुभएको हो ।
जन्मदिनमा सकारात्मक शन्देस र सहयोग होस भन्ने उद्येश्यले कापी कलम वितरण गरेको दाहालले बताउनुभयो । आफुले समेत विगतमा पढेको गाउँको विद्यालयका वालवालिकाहरुलाई दाहालले कापी कलम वितरण गर्नुभएको हो ।
विद्यार्थीहरु निशुल्क कापी कलम पाएपछी खुसी भएको विद्यालयका प्रधानाध्यापक फडिन्द्र दनुवारले बताउनुभयो ।दाहाल पेशाले हाल कटारीमा फोटो भिडियोग्राफी समेत गर्नुहुन्छ ।


जनता भ्वाइस 








