images
images

च्याँगा रिङ्गरोड स्तरउन्नती पुरा गर्न एक करोड बजेट विनियोजन

फायल फोटो
कटारी / सरकारको आगामी आर्थिक वर्ष २०८१८२ को वार्षिक विकास कार्यक्रम अन्र्तगक कटारी , ३ स्थित च्याँगा गाउँको रिङ्गरोड पुरा गर्न एककरोड बजेट विनियोजन भएको छ । कार्यक्रमको क्रमसंख्या १७७७ अनुसार सडक स्तरउन्नतीका लागि उक्त बजेट विनियोजन भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री अशोक कुमार राईको पहलमा बजेट विनियोजन गर्न सफल भएको च्याँगाका स्थानीय तथा पार्टी निकट ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष यज्ञकुमार राईले बताउनुभयो । पार्टीका नेता गणेश पुमा राईले जिल्लाबाट योजनाहरु पठाउँदा सिफारिस गरेबमोजिम बजेट विनियोजन भएको पनि राईले बताउनुभयो ।
४ वर्षअघि क्रमागत रुपमा ४ करोडमा काम सुरु भएको थियो । ४ वर्षमा गर्नुपर्ने काममा एकवर्षको बजेट फ्रिज भएको थियो । तीन वर्षमा १ करोड पचास लाख , ८० लाख र ६० लाख गरी झण्डै दुई करोड ४० लाख बराबरको काम भएको थियो ।
तीनवर्षमा उक्त सडकको काम आधा सम्पन्न भईसकेको छ । क्रमागत सकिएपछी यस वर्ष सडकको काम रोकिएको थियो । पुन बजेट परेपछी आगामी आर्थिक वर्षदेखि सडक स्तरउन्नतीको काम हुने भएको हो ।
सडक कालोपत्रे सहित स्तरउन्नती भएपछी भाईरल रोडले समेत परिचित बनेको छ । उक्त सडक ताराघारीदेखि गाउँको माथिल्लो खण्डहुँदै पुन देवीधाप स्थित मूख्य सडकमा आएर जोडिनेछ ।