images
images

नेकपा एमाले कटारीको नेतृत्व नेत्रबहादुर श्रेष्ठलाई , पचहत्तर सदस्यिय नगर समिति गठन

कटारी / नेकपा एमाले नगर कमिटी कटारीको दोस्रो नगर अधिवेसन सकिएको छ । तीनदिनदेखि जारी अधिवेसनको वन्द सत्रले सर्वसम्मत समिति चयन गर्दै अधिवेसन सकिएको हो । अधिवेसनले नेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा शुसिला राउत कार्की , सचिवमा राजकुमार थापा क्षेत्री ,उपसचिवमा तेजबहादुर आले मगर र महिला उपसचिवमा तारा ब्लोन तामाङ्ग चयन भएका छन् ।
यस अघि नै ७० जना सदस्यहरु सर्वसम्मत चयन भईसकेका थिए । तीनदिन देखि जारी वन्द सत्रले समिति चयन गर्न नसकेपछी हिजो निर्वाचन तोकिएको थियो । निर्वाचन मण्डलले आज विहान ७ बजे निर्वाचन गर्ने गरी उमेद्वारहरुको अन्तिम नामावली समेत प्रकाशन गरिसकेको थियो ।
निर्वाचन तालिका सार्वजनिक गरेपनि निर्वाचन मण्डलले तोकेको समयमा निर्वाचन गर्न सकेको थिएन् । निर्वाचनमा लोकतान्त्रिक विधि पदाधिकारी चयन गर्ने तयारी गरेको एमालेले अन्तत पुनः सर्वसम्मतमै पुगेको हो । एमालेका नेताहरुले आपसी छलफल गरी पदाधिकारीहरु व्यवस्थापन गरेको हो । विगतदेखि नै एमालेले छलफलबाट समिति टुंग्याउने गरेको छ ।
लामो समय छलफलको क्रम जारी रहेपनि पार्टीमा नेताहरुले हस्तक्षेप गरी नेतृत्व हस्तान्तरण गर्ने आरोप पनि एमालेलाई लाग्ने गरेको छ ।


निर्वाचन त गर्न सकेन तर हिजो निर्वाचन मण्डलले आज विहान निर्वाचन गर्ने जानकारी सहित उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो
जसमा अध्यक्षका लागि जिवनाथ दाहाल , नेत्रबहादुर श्रेष्ठ र मोहनबहादुर खड्का उमेद्वार थिए । त्यसैगरी उपाध्यक्षका लािग शुसिला कार्की राउत , अम्बरबहादुर तामाङ्ग , क्षेत्रबहादुर खड्का , शोभाकुमारी कार्की र मदनबहादुर वस्नेत उमेद्वार थिए ।
त्यस्तै सचिवका लागि क्षेत्रबहादुर तामाङ्ग , लक्ष्मण बल , लक्ष्मण नारायण श्रेष्ठ , राजकुमार क्षेत्री उमेद्वार छन् भने उप सचिवका लागि तेजबहादुर आले मगर , देवबहादुृर ढुंगेल , पदमलाल मगर उमेद्वार बनेका थिए भने महिला उप सचिवका लागि तारा तामाङ्ग र निर्मला कुमारी अधिकारी (विष्ट) उमेद्वार वनेका थिए । अधिवेसनको वन्द सत्र कटारी स्थित चन्द्र टाकिज हलमा संञ्चालन भएको थियो ।
निर्वाचन गर्ने गरी निर्वाचन मण्डलले हिजो सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दुईसय ५० प्रतिनिधिहरु मतदाता रहेका थिए ।