images
images

बाढीबाट कसरी जोगिने ? उद्धार कार्यसम्वन्धि सेनाको नमुना अभ्यास प्रदशर्न

कटारी/ श्री पशुपति गण पिपलटार व्यारेक उदयपुरको आयोजनामा आज कटारी ५ सिमसारमा बाढीबाट जोगिने उपायहरुको नमुना प्रदशर्नी सम्पन्न भएको छ । सेनाले शसस्त्र प्रहरी , नेपाल प्रहरी , रेडक्रस , स्वाथ्यकर्मी विपदसँग सम्वन्धित सरोकारवालाहरुको समन्वयमा नमुना उद्धार अभ्यास डेमोस्ट्रेसन प्रदशर्न गरेको हो ।
कार्यक्रममा बाढीमा फसेकाहरुलाई कसरी उद्धार गर्ने , घरेलु स्थानीय सामाग्रीबाट कसरी उद्धार सामाग्री निर्माण र प्रयोग गर्ने , बाढीबाट विस्थापितको कसरी उद्धार गर्ने , उद्धार डुंगा पल्टिंदा कसरी बच्ने लगायतको नमुना प्रदशर्न गरेको थियो । त्यसैगरी जिल्लामा वाढी पहिरोबाट विगतमा भएका क्षतिहरुको विवरण सार्वजनिक गर्दै मनसुन सुरुहुन पूर्व जनधनको क्षति कर्म गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
उद्धार गरेकाहरुलाई छिटो उपचारमा पुराउने , उपचार गर्ने तथा अन्य क्षतिहरुको बारेमा कसरी तथ्यांक संकलन गर्ने लगायतका विषयहरुमा प्रदशर्नी गरिएको थियो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईले मनसुन सुरुहुन पूर्व गरिएको यो प्रदशर्नी महत्वपूर्ण रहेको बताउनुभयो ।
विपदमा उद्धारका लागि सवैभन्दा पहिला छिटो सूचनाको आवश्यकता पर्ने बताउँदै उहाँले अन्य उद्धारका लागि प्रशासन जहिले तयारी अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुका अलावा कटारी नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक बेगबहादुर मगर , फोकल पर्सन सुदिप श्रेष्ठ , रेडक्रसका प्रतिनिधिहरु तथा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी थिए। त्यसैगरी स्थानीयहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।