images
images

विश्व वातावरण दिवश यसरी मनाईयाे कटारीमा (फाेटाेहरू सहित )

कटारी/ हाम्रो भूमी , हाम्रो भविष्य भन्ने नाराका साथ कटारीमा पनि बुधबार धुमधामका साथ विश्व वातावरण दिवश मनाईएको छ । दिवशको अवसरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारी , डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) , विफर वायोडाईभरसिटी कन्जरभेसन , द ईको कन्जरभेन्सी , आईएफएस , एनवाईसिय , पंक्षी संरक्षण समाज , वन्यजन्तु संरक्षण समाजको संयुक्त आयोजनामा दिवश मनाईएको विफरका सचिव किशोर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा कलेजका विद्यार्थीहरुले जनचेतनामूलक र्याली , भूगोलपार्कमा चित्रकला प्रदशर्नी , फेस पेन्टिङ्ग , र चित्रकला प्रतियोगिता गरेका थिए । वातावरणलाई कसरी जोगाउने भन्ने विषयवस्तु समेटिएको चित्रकला प्रतियोगितामा अनिजा सिंहले प्रथम , समिक्षा पौडेलले दोस्रो र मनिषा मोक्तानले तेस्रो स्थान हासिल गरेका थिए ।
उनीहरुलाई डिभिजन वन कार्यालय कटारीका वन अधिकृत हिरालाल शर्माले प्रमाण पत्र प्रदान गर्नुभयो । कार्यक्रम फरक र चेतनामुलक रहेको र कटारीका लागि यो एकदमै पृथक कार्यक्रम रहेको अधिकृत शमाले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरको उल्लेख्य सहभागीता रहेको थियो ।
भूगोलपार्कमा गरिएको प्रदशर्नी हेर्न आएका अवलोकनकर्ताहरुलाई विद्यार्थीहरुले वातावरण सम्वन्धि फोटोमा रहेका जानकारी पनि दिएका थिए । कार्यक्रम जनचेतनामुलक फेस पेन्टिङ्ग समेत विद्यार्थीहरुले गरेका थिए । यसैवीच विहान हेवेन्ली निर्माण पाथले पनि सरसफाई कार्यक्रमका साथ यो दिवश कटारीमा मनाएको थियो ।