images
images

कटारी पाँचका सुकुम्वासीहरुले बुझाए नगरमा ज्ञापन पत्र

कटारी / आज कटारी वडा नम्बर ५ का सुकुम्बासीहरुले विभिन्न समस्या रहेको भन्दै कटारी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्कालाई उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले सुकुम्बासी परिवारका सम्पूर्ण बालबालिकालाई निजि, तथा सरकारी बिद्यालयमा पठन पाठन निशुल्क हुनुपर्ने ,बर्सेनि बर्षाको ठुलो बाढीबाट हुने क्षतिको सुरक्षाको लागि तटबाँध घेरा बेरा लगाई सुकुम्बासी बस्ती लाइ सुरक्षित बनाउनु पर्ने ,सुकुम्बासी बस्ती तर्फ जान सडकको स्तरीय ब्यबस्था हुनु पर्ने लगायतका मागहरु राखेका थिए ।