कटारी/ कटारी नगरपालिकाले आज कटारी क्रिकेट क्लबलाई क्रिकेट खेल सामाग्रीहरु उपलब्ध गराएको छ । नगरपालिकामा आयोजित एक कार्यक्रममा मेयर राजेशचन्द्र श्रेष्ठले उक्त खेल सामाग्रीहरु संघलाई हस्तान्तरण गर्नुभयो ।
खेलको विकासका लागि खेल सामाग्रीहरु उपलब्ध गराएको मेयर श्रेष्ठले बताउनुभयो ।उहाँले क्रिकेट खेलको बिकासमा सहयोग पुगोस् भन्ने उदेश्यले नगरपालिकाले खेल सामाग्रीहरु उपलब्ध गराएको बताउनुभयो ।
अहिले नेपालले क्रिकेटमा निकै सफलता हासिल गरीरहेको छ, खेलाडीलाई थप हौसला बढोस् भनेर सहयोग गरेको मेयर श्रेष्ठको भनाई छ ।खेल क्षेत्रको बिकासको लागि आगामी दिनमा नगरपालिकाले थप सहयोग गर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले क्रिकेटब्याट , ग्लोब ,बल, हेडगार्ड लगायतका सामाग्री उपलब्ध गराएको क्रिकेट संघ कटारीले जनाएको छ ।


जनता भ्वाइस 








