images
images

कटारीमा सम्पन्न रग्बीको उपाधि उदयपुरलाई

कटारी / नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेश रग्बी संघको व्यवस्थापनमा आज कटारीमा सम्पन्न कोशी प्रदेश तर्पm जुनिएर प्रतियोगिता २०८१ मा महिलातर्फ उदयपुरले इलामलाई १५–० अंक र पुरुष तर्फ उदयपुरले इलामलाई १०–५ अंकले पराजित गरि दुबै उपाधि हात पारेको हो।
प्रतियोगिताको प्रथम उपाधि कटारि नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पुरष्कार बितरण गर्नुभयो। त्यस्तै दोस्रो उपाधि कटारी नगरपालिका–१२का वडाअध्यक्ष बासु कटुवालद्वारा इलामलाई ट्रफी,मेडल,प्रमणपत्र र नगद पुरष्कार हस्तान्तरण गर्नुभयो।
प्रतियोगितामा महिला तर्पm ६ र पुरुष तर्पm ६ टिमले प्रतिष्पर्धा गरेको नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनुभयो ।
१८ वर्ष मुनिका अन्तरविद्यालय स्तरीय खेलाडीहरु प्रतिष्पर्धा गरेका थिए । खेल कटारीको टाईगर फिल्डमा सम्पन्न भएको हो । प्रतियोगिताका पहिलो हुने टिमले नगद दश हजार , ट्रफी,मेडल,प्रमाणपत्र ,दोश्रो हुने विद्याालयले नगद पाँच हजार , ट्रफी,मेडल,प्रमाणपत्र हात पारेका हुन् । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी , उदयपुर र सिन्धुली जिल्लाका खेलाडीहरु सहभागी भएका थिए ।