कटारी / नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेश रग्बी संघको व्यवस्थापनमा आजदेखि कटारीमा दुईदिने कोशी प्रदेश तर्पm जुनिएर T1 RUGBY प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्र्तगत आजको खेलमा महिलातर्फ उदयपुर र इलाम फाईनलमा प्रवेश गरेका छन् ।
रग्वी प्रतियोगिता – २०८१ अन्र्तगत प्रतियोगिताको पहिलो दिन लिग चरणका सम्पुर्ण खेल सम्पन्न भएको छ । जसमा महिला तर्फ सिन्धुलीलाई इलामले ५–० अंक र उदयपुरले सुनसरीलाई १५–० को अंकले पराजित गरि इलाम र उदयपुर फाइनलमा प्रबेश गरेका हुन्।
पुरुष तर्फ इलामले झपालाई १०–० को अन्तरले पराजित गरि फाइनलमा प्रबेश गरेको छ साथै सेमिफाइनलको पुरुषतर्फ अन्तिम खेल सुनसरी र उदयपुर बीच भोलि हुने नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनुभयो ।
१८ वर्ष मुनिका अन्तरविद्यालय स्तरीय खेलाडीहरु प्रतिष्पर्धामा छन् । छात्र र छात्रा दुवै तर्पm खेलाडीहरु प्रतिष्पर्धा गरिरहेका छन् । खेल कटारीको टाईगर फिल्डमा जारी छ ।
प्रतियोगिताका पहिलो हुने टिमले नगद दश हजार , ट्रफी,मेडल,प्रमाणपत्र ,दोश्रो हुने विद्याालयले नगद पाँच हजार , ट्रफी,मेडल,प्रमाणपत्र हात पार्नेछन् ।


जनता भ्वाइस 








