images
images

झापामा सम्पन्न दसौं अन्र्तराष्ट्रिय कराँतेमा कटारीका खेलाडीले तेस्रो स्थान हासिल गरे

कटारी /झापाको मेचिनगर नगरपालिकाले आयोजना गरेको १० औं अन्र्तराष्ट्रिय कराँते प्रतियोगितामा कटारी नगरपालिकाको प्रगति डोजोले तेस्रो स्थान हासिल गरेको छ । हिजो सम्पन्न प्रतियोगितामा कटारीको प्रगति डोजोले १५ स्वर्ण ७ रजत र ७ कास्य हात पारेका थिए ।
प्रतियोगितामा भारत , भुटान र वंगलादेशका गरी ८ सय खेलाडीले प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा प्रगति डोजो तेस्रो हुँदा आयोजक टिम प्रथम र वेलबारी नगरपालिकाको टिम दोस्रो भएको थियो ।
तेस्रो स्थान हासिल गरेको कटारीको प्रगति डोजोले नगद २५ हजार रकम समेत हात पारेको प्रशिक्षक शन्देस मगरले बताउनुभयो ।