फायल फोटो
कटारी / नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेशको संयोजनमा यहि जेठ २२ र २३ गते कटारीमा T1 Rugby प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी , उदयपुर र सिन्धुली जिल्लाका खेलाडीहरु सहभागी हुने नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनुभयो ।
१८ वर्ष मुनिका अन्तरविद्यालय स्तरीय खेलाडीहरु प्रतिष्पर्धा गर्नेछन् । छात्र र छात्रा दुवै तर्पm खेलाडीहरु प्रतिष्पर्धा गर्नेछन् । खेल कटारीको टाईगर फिल्डमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० हजार र उपविजेताले नगद ५ हजार प्राप्त गर्नेछन् । पहिलो हुने विद्यालयले नगद दश हजार , ट्रफी,मेडल,प्रमाणपत्र ,दोश्रो हुने विद्याालयले नगद पाँच हजार , ट्रफी,मेडल,प्रमाणपत्र हात पार्नेछन् ।


जनता भ्वाइस 








