images
images

कटारीमा निशुल्क मानसिक स्वास्थ्य परामर्श , ४६ जनाले लिए सेवा

कटारी / कटारी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज कटारी अस्पत्तालमा निशुल्क मानसिक स्वास्थ्य परामर्श सम्बन्धि शिविर सम्पन्न भएको छ । शाखा प्रमुख शुरेस दाहालका अनुसार शिविरमा ४६ जनाले सेवा लिएका छन् ।
अधिकांश पुराना र केहि नयाँ गरी आज शिविरमा ४६ जनाले सेवा लिएका हुन् । नगरपालिका अन्र्तगत अस्पत्तालमा भएको शिविरमा वरिष्ठ मानसिक स्वास्थ्य तथा मनोसामाजिक विशेषज्ञ प्रा.डा.विधादेव शर्मा र मनोसामाजिक परामर्श कर्ताले सेवा दिएका थिए ।


शाखा प्रमुख दाहालका अनुसार मानसिक रोग सम्बन्धि काम गर्दै आएको सिएमसीको सहयोगमा नगरपालिकाले शिविरको आयोजना गरेको हो । यो शिविर प्रत्येक तीन तीन महिनामा आयोजना गर्ने गरिएको छ ।
निन्द्रा नलाग्ने , खान मन नलाग्ने , टाउको दुखिरहने , एकोहोरो भई एकान्तमा वस्न मन लाग्ने , छटपटी जस्ता लक्षण देखिएकाहरुको निराकरणका लागि यो शिविरको निशुल्क उपचार हुने गरी आयोजना गर्ने गरिएको छ ।