images
images

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवश कटारीमा पनि मनाईयो

कटारी / आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवश कटारीमा पनि मनाईएको छ । हेवन्ली निर्माणापाथ नेपाल नगर समिति कटारीको आयोजनामा दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवश मनाईएको हो ।
स्वास्थ्य , सुन्दर र शान्त समाज हाम्रो ज्ञान , दुव्र्यसन जोखिम न्युनिकरण प्रेमवादको अभियान भन्ने नाराका साथ दिवशको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हेवेन्ली पाथका केन्द्रिय सदस्य सरिता राई श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई न्युक्लव स्पोनसरले सहयोग गरेको थियो भने कटारी स्थित समावेशी एफ एम यसको मिडिया पार्टनर रहेको थियो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा कार्यक्रम अन्र्तगत विभिन्न जनचेतनामूलक र्याली सहित कटारी बजार परिक्रमा गरी भूगोलपार्कमा एक औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा वोल्दै कटारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले नगरपालिकाले दुव्यर्सन विरुद्धको कार्यक्रमहरु जारी राखेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा वोल्दै बुद्धिजिवि कुमारसिंह राईले दुव्र्यसनी विश्वका लागि नै समस्या वन्दै गएकाले यसको समाधानका लागि सवैजना लागि पुर्नपर्ने बताउनुभयो । यो कार्यक्रमले मात्र यसको उद्येश्य पुरा नहुने भन्दै राईले यसको समाधानका लागि विश्वभरीबाट कार्यक्रम जारी रहेको बताउनुभयो ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीका सचिव क्षेत्रबहादुर तामाङ्गले अभिभावकबाट नै वच्चाहरु कुलतमा फस्ने भएकाले यसको समाधानका सवैको ध्यान जानुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा वोल्दै दुव्र्यसनी विरुद्ध डेढदशकदेखि कटारीमा अभियान चलाउँदै आउनुभएका अभियन्ता नारायण राईले कटारीमा सुधार केन्द्रको आवश्यकता रहेको औंलाउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राई , नेपाल आदिवासी जनजाति महासंघ कटारीका उपाध्यक्ष सन्तबहादुर सुनुवार लगायतको उपस्थिति रहेको थियो । यो कार्यक्रम मार्पmत हेवेन्ली पाथले लागुऔषध विरुद्धको अभियानको थालनी गरेको नगर समितिका अध्यक्ष दालकुमार राईले बताउनुभयो ।
कार्यक्रममा जनचेतनामूलक गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।