कटारी / अर्थमन्त्री वर्षमान पुनले हिजो सार्वजनिक गर्नुभएको बजेटमा सिरहाको मिर्चैयादेखि कटारी , घुर्मी सडकखण्डलाई १ अर्व ५ करोड छुट्याईएको छ । यस बजेट यस सडकखण्ड स्तरउन्नतीका लागि आशा गर्न लायक रहेको बताईएको छ ।
यस सडकखण्ड जीर्ण हुँदा आउजाउमा नै समस्या छ । यस क्षेत्रको विकासको मेरुदण्डको रुपमा रहेको यस सडकखण्डमा बजेट नपरेका कारण स्तरउन्नती हुन सकेको छैन् । यस सडकखण्डको स्तरउन्नतीका लागि बजेट पार्नुपर्ने भन्दै उदयपुर उद्योग वाणिज्य संघले समेत दबाव दिंदै आएको थियो ।
आज बजेट परेको सुन्नमा आएपनि यो बजेट बहुवर्षिय हो वा मर्मतका लागि मात्रै हो यस विषयमा पूर्ण जानकारी लिन बाँकी रहेको संघका अयक्ष जमानसिंह वस्नेतले बताउनुभयो । हिजोको वजेट भाषणमा भने बजेट परेको वारे नखुलाईएको पनि अध्यक्ष वस्नेतले बताउनुभयो ।
नयाँ आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।
आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको आर्थिक योजना बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलवार पेस भएको हो। नयाँ बजेट गत आर्थिक वर्षको भन्दा ६.२ प्रतिशतले बढी हो। संशोधित अनुमानभन्दा यो २१ प्रतिशतले बढी हो।


जनता भ्वाइस 








