images
images

गर्मी बढेपछी कटारीको तल्लो भेगका विद्यालयहरुलाई दुईदिन विदा

कटारी / अत्यधिक गर्मी बढेपछी उदयपुरको कटारी नगरपालिकाले दुईदिन विद्यालयमा विदा दिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले भोलि र पर्सी विहिबार र शुक्रबार दुईदिन विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईद्वारा आज जारी सुचनामा नगरपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडासम्मका सवै सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिईएको हो । ‘वर्षेविदाबाट कट्टा हुनेगरी दुईदिन सम्पूर्ण विद्यालयहरु वन्द गर्न जानकारी गराईन्छ ।’सूचनामा भनिएको छ ,‘’गर्मीका कारण जनजीवनमा प्रतिकुल असर परेको तथा विद्यालयका साना नानीहरुमा समेत पठन पाठनमा वाधा पर्न गएको गुनासो अभिभावकहरुको आएकाले विदा गरिएको हो ।’
भित्रि मधेसका पर्ने नगरपालिकाका वडा नम्बर १ देखि ७ सम्म चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केहिदिनदेखि कटारी नगरपालिकाको यस क्षेत्रमा ३८ डिग्रीसम्म तामक्रम मापन भएको छ ।