images
images

उभौली कटारीका राई र सुनुवारले मनाए , तामाङ्ग र मगरले वुद्ध जयन्ती मनाए

कटारी/ पूर्वका किराँत बस्तीहरुमा उभौली पर्व आजदेखि प्रारम्भ भएको छ । बैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलभ्mयाम्टाका साथ साकेला नाच्दै किरा“त राईहरुले धुमधामका साथ यो पर्व मनाउ“छन् ।
यस वर्ष वैशाखे पूर्णिमा जेठमा परेको हो । आज पूर्णिमादेखि औपचारिक रुपमा यो पर्व प्रारम्भ भएको किराँत राई यायोक्खा जिल्ला कमिटी उदयपुरका सदस्य निशान राईले बताउनुभयो । किरा“त राईहरुको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरुका साथै धरान , ईटहरी , गाईघाट , कटारी , मोरंङ , तथा राजधानी काठमाडौं लगायतका सहरहरुमा यो पर्व धूमधामका साथ मनाइ“दै छ ।
उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति रहोस् र दैवीप्रकोप तथा विपत्तिहरु नआउन भनि कृषी युगदेखि नै मनाउन थालिएको परम्परा रहेको छ । त्यसैगरी उभौली पर्व मानिस , जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाईन्छ ।
प्रकृति पूजक किरा“त समुदायले नदी तथा खोलामा माछा उकालो (उ“भो ) पानी आउने ठा“उतिर बसाइ“ सरेको समयलाई उभौली भनेको पाईन्छ । भाषा , संस्कार तथा संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएर रहेका किरा“तहरु आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउ“दै आएको किराया नगर कमिटी कटारीका सचिव मेनुका राईले बताउनुभयो ।
उभौलीका अवसरमा सामुहिक रुपमा भेला भई दुःख–सुख साट्दै संस्कृति झल्काउे पोसाकमा साकेला नाचिन्छ । राईहरुले हातमा भ्mयाम्टा , ढोल , चमर र सेउली लिएर साकेला नाच्दै यो पर्व मनाउ“छन् । त्यस्तै सुनुवारहरु ढोल बजाएर स्यादर नाच्छन् ।
पछिल्लो समय युवापुस्तामा साकेला नाचको आकर्षण बढ्दै गएको छ । युवाहरुले साकेलामा माया प्रेमका शब्दहरुलाई जोडेर गाउने चलन बढ्दै गएको छ । किरात वस्तीहरुमा प्रशिक्षण नै संञ्चालन गरी साकेला नाच नाचिन्दैछ ।
उभौलीको अवसरमा किरात राई यायोक्खा नगर कमिटी कटारीले धुमधामका साथ साकेला थानमा पवर्प मनाएको छ । साकेला थान र भूगोलपार्कमा उनीहरुले साकेला नाचेका थिए । साकेला थानमा विधिवत पुजारी भविन्द्र राईले पुजा आराधना गरी उभौली मनाईएको हो ।
उभौलीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी ३ का अध्यक्ष पुष्कर खड्काले शुभकामना दिंदै मानवीय विकास , संस्कृतिको विकासपछी मात्र भौतिक विकास सम्भव रहेको बताउनुभयो ।
किराया कटारीका अध्यक्ष पदम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै विशेष अतिथि वुद्धिजिवी कुमारसिंह राईले पहिचानको आन्दोलनका क्रममा कोशी प्रदेश नामाकरणको विरुद्ध साँस्कृतिक आन्दोलनका रुपमा उभौली मनाईएको बताउनुभयो ।
कार्यmत्रमको अवसरमा किराया कटारीले अक्षयकोषका सहयोगी , आजिवन सदस्य , संरक्षक सदस्यहरुलाई फेटा गुथेर सम्मान समेत गरेको अध्यक्ष पदम राईले बताउनुभयो । त्यसैगरी सुनुवार सेवा समाज कटारीले पनि कटारी ३ कै चण्डी थानमा विधिवत पुजा आराधना गरी उभौली मनाएको थियो । स्थादर नाच्दै उनीहरुले उभौली मनाएका हुन् ।
त्यस्तै आज नै नेपाल तामाङ घेदुङ् संघ कटारीले साँङ्गछोयलिंग वौद्ध गुम्वामा एक कार्यक्रम गरी वुद्ध जयन्ती मनाएका थिए । र्याली सहित कटारी बजार परिक्रमा पश्चात विभिन्न कार्यक्रम गरी उनीहरुले वुद्ध जयन्ती मनाएका हुन् । त्यस्तै नेपाल मगर संघ कटारीले पनि वुद्धको मुर्तीमा विधिवत पुजा आराधना तथा शुभकामना आदान प्रदान गरी वुुद्ध जयन्ती मनाएका छन् ।