images
images

चन्द्रावती माविका विद्यार्थीहरुलाई पोशाक तथा पुरष्कार वितरण

कटारी/ कटारी नगरपालिका वडा नम्बर १४ स्थित चन्द्रावती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा पुरष्कार वितरण गरिएको छ । विद्यालयमा रहेका वाल कक्षा देखि १२ सम्म अध्ययनरत ३ सय बिद्यार्थीहरुलाई एक कार्यक्रमकावीच पोशाक वितरण गरिएको हो ।
बिधालयका पूर्व विद्यार्थी तथा स्थानिय हाल जापान बस्ने कृपन दाहालको सहयोगमा वितरण गरिएको हो । पोशाक वितरण कार्यक्रमका प्रमुख अतिथि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले शिक्षा सुधारका नीतिगत तथा भौतिक रुपमा आफुले सकेको पहल गर्ने बताउनु भयो ।
उहाँले बिद्यालयको गुणस्तर सुधारका निम्ति अभिभावकहरुले खबरदारी र प्रवद्धृन गर्नु पर्ने बताउनु भयो। त्यसैगरी बिशिष्ट अतिथि कटारी नगर उपप्रमुख गिता खड्काले नगरले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उपमेयर खड्काले सामुदायिक बिद्यालयलाई बिधार्थी र अभिभावकको पहिलो रोजाईको रुपमा बनाउने प्रयत्न रहेको बताउनु भयो ।
कार्यक्रममा शैक्षिकसत्र २०८१ का लागि प्रथम, दित्तिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरष्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै कटारी १४ नम्बर वडाका वडाअध्यक्ष अमर मगरले शैक्षिक सहयोगको लागि दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा संविधानविद काँशिराज दहाल , पूर्व सहरी राज्यमन्त्री मन्जुन्कुमारी चौधरी लगाएत स्थानिय र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।