images
images

कटारीमा सुरक्षाकर्मीहरुद्वारा विपदबाट वच्ने उपाय प्रदशर्नी

कटारी /कटारी राईजिङ्ग टेलिभिजन प्रालिको आयोजना र कटारी नगरपालिकाको सहयोगमा आज कटारी , ५ सिमसार क्षेत्रमा आगलागी , सर्पदशं र बाढीमा डुबेकाहरुलाई कसरी उद्धार गर्ने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको गाईघाट स्थित पशुपति गण , शसस्त्र प्रहरी बल गाईघाट , ईलाका प्रहरी कार्यालय कटारीका प्रहरीहरु लगायतले जनचेतनामुलक प्रदशर्न गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले वर्षेनी विपतबाट हुने जनधनको क्षति रोक्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । विपदलाई रोक्न नसकेपनि यसबाट हुने क्षति कम गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई थियो ।
त्यसैगरी कटारी नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक तथा कटारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष वेगबहादुर आले मगरले नगरभित्र विपद व्यवस्थापनका लागि विज्ञहरु ल्याउने काम समेत भएको बताउनुभयो । चट्याँगबाट वच्न विज्ञ ल्याएपनि विपद रोक्न नसकिने तर यसको क्षति कम गर्न सकिने सल्लाहा दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाले सर्पदशंबाट वच्ने उपाय , घरमा हुने ग्यास सिलिण्डरको आगलागी नियन्त्रण , शरिरमा लागेको आगो नियन्त्रण तथा गाउँमा घरहरुमा लागेको आगो कसरी नियन्त्रणमा लिन्छ नमुना प्रदशर्नी साथै प्रशिक्षण दिएको थियो । त्यसैगरी शसस्त्र प्रहरी वल गाईघाटले वाढीमा वगेका , खोंचमा फसेकाहरुलाई कसरी उद्धार गर्ने प्रदशर्नी तथा प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगाना , ५ का अध्यक्ष मोहन तामाङ्ग , ३ का अध्यक्ष पुष्कर खड्का लगायतको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाईटी कटारीका प्रतिनिधिहरु , विभिन्न विद्यालयका प्रसिनिधिहरु , विद्यार्थीहरु , सिसाघारी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सदस्यहरु लगायतको उपस्थिति रहेको टिभीका संञ्चालक भुवन कार्कीले बताउनुभयो ।