images
images

थलिया खानेपानी आयोजना उदघाटन तथा हस्तान्तरण

कटारी / उदयपुरको कटारी नगरपालिका–८ थलियाटारमा थलिया खानेपानी आयोजना उदघाटन तथा हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच हुरेण्डेक उदयपुर र वल्र्ड भिजनको लगानीमा निर्माण गरिएको खानेपानी आयोजना उदघाटन तथा हस्तान्तरण गरिएको हो ।
जम्मा ३९ लाखको लगानीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनामा १० लाख कटारी नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय वल्र्ड भिजन इन्टरनेशनल र हुरेण्डेक उदयपुरको बाँकी आर्थिक तथा प्राबिधिक सहयोगमा एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हुरेण्डेक उदयपुरका सहसचिव जिबनाथ दहालले बताउनु भयो ।
परियोजना अन्तर्गत क्याचमेन्ट इन्टेक १ रिजर्भ इन्टेक २ बालमैत्री धारा १५ डिस्ट्रीब्युसन च्याम्बर १ लगाएत गरि ३३ धारा निर्माण गरेको हो । थलिया खानेपानी परियोजना बाट ८२ घरधुरी लाभन्वित हुने वडा नम्बर ८ का वडा अध्यक्ष नबिन्द्र तामाङले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राजेशचन्द्र श्रेष्ठले यो खानेपानी परियोजनाबाट नागरिकले भोग्नु परेको खानेपानीको समस्या अन्त्य हुने बताउनु भयो । उहाँले खानेपानी परियोजनाको संरक्षण तथा सम्बर्द्धन गर्ने जिम्मेवारी स्थानियको रहेको बताउनु भयो ।
यसै गरि उपमेयर गिता खड्काले यो खानेपानी परियोजना संचालन भए सँगै महिला हरुले पानीको लागि धाएर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको र करेसाबारीमा तरकारी खेती गरेर आर्थिक उपार्जन सँग पनि जोडिन सहज हुने बताउनु भयो ।
लामो समयको पानीको समस्या समाधान भएपछी स्थानीय हर्षित भएका छन् । वालवालिकाहरुलाई ध्यानमा राखेर वालमैत्री धाराहरु समेत निर्माण गरिएको छ । कार्यक्रमा विभिन्न वडाका वडाध्यक्षहरु , वडाका सरोकारवाला व्यक्तिहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।