images
images

उदयपुरका जलन राईले गरे लबुचे हिमालको सफल आरोहण

कटारी /उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीका जलन राईले हिजो बुधबार ६ हजार १ सय ९० मिटर अग्लो लबुचे हिमालको सफल आरोहण गर्नुभएको छ । खुम्बु क्षेत्रमा २ वर्ष अघि द माउन्टेन मेडिकल ईष्टिच्युटमा ल्याब कक्षमा कर्मचारीका रुपमा पुगेकै कारण आफु हिमालको सफल आरोहण गर्न सफल भएको राईले जानकारी दिनुभयो ।
आरोहीहरुको अनुभव र संगतले आफु आरोहणमा जाने जोश पलाएको राईको भनाईछ । ‘हिमाल भन्नु मात्रै सजिलो रहेछ , यात्रा भने कठिन र चुनौतीपूर्ण रहेछ ।’राईले भन्नुभयो , ‘यो सफलताका लागि खुम्बु क्षेत्रका कृयाशिल व्यक्तित्व , आफन्तहरुको साथ रहेको छ , उहाँहरुको साथ सहयोगले यो सफलता पाएको हुँ ।’
लबुचेको आरोहणसँगै राईले आगामी लक्ष्य आईशल्याण्ड पिक , आमादब्लम र सगरमाथा चढ्ने रहेको बताउनुभयो ।