कटारी /कटारी अस्पत्तालमा आज पहिलो पटक विशिष्टिकृत सेवा ओपिडीबाट मुटु , नशा र क्यान्सर सम्बन्धि सेवा दिईएको छ । कटारी अस्पत्तालका निमित्त मेडिकल सुपरीडेण्टेड डा.गौरब साहका अनुसार आजदेखि प्रत्येक महिनाको पहिलो विहिबार अस्पत्तालबाट मुटु , नशा र क्यान्सर सम्बन्धि रोगहरुको उपचार गरिनेछ ।
आज यस महिनाको पहिलो विहिबार पहिलो पटक गरिएको चेकजाँचमा मुटु सम्बन्धि ६० , नशा सम्बन्धि ५५ जना र क्यान्सर सम्बन्धि १३ जनाले स्वास्थ्य जाँच गराएको पनि डा.साहले बताउनुभयो । ‘यहाँबाट उपचार सम्भव भएको र औषधिहरु दिन सकिने सेवा दियौं ।’डा.साहले भन्नुभयो ,‘अन्यत्र जानुपर्ने अवस्था देखिएकाहरुलाई सोही अनुसार जानकारी गरायौं ।’
सेवा दिनका लागि नशा सम्बन्धि रोगका लागि डा.सिलक चौधरी एमएस न्युरोसर्जरी , मुटु प्रेसरका लागि डा.माधव विष्ट कार्डियोलोजिष्ट , डा.सन्तोष साह एमडिपीजिपी र क्यान्सर सम्बन्धि जाँचका लागि डा.सुलभ सापकोटा मेडिकल अनकोलोजिलिष्ट र डा.गौरब साह कन्सटेन्ट प्याथोलोजिष्ट ओपिडीमा रहेका थिए ।
आगामी महिना सम्बन्धित विारीमहरुका लागि अन्य सम्बन्धित विशेषज्ञ डाक्टरहरु आउनेछन् । सेवाको उदघाटन गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले कटारी अस्पत्तालबाटै अधिकतम् सेवा दिने बताउनुभयो । ‘पालिकावासीहरुका लागि शुलभ स्वास्थ्य सेवा प्रदान गर्न सदैव तत्पर छौं ।’मेयर श्रेष्ठले भन्नुभयो , ‘स्वास्थ्य , शिक्षा र शुसासन हाम्रो पहिलो प्राथमिकतामा रहेका कार्यहरु हुन् ।’


जनता भ्वाइस 







