कटारी / कटारी नगरपालिका वार्ड न. १ मा जनता आवास कार्यक्रम अन्तर्गत बिपन्न दलित परिवारका लागि करिब १५ घर निर्माण हुने भएको छ । जनता आवास निर्माण गर्ने कार्यक्रमको आज कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री माननिय राम कुमार खत्रीले गर्नुभयो ।
शिलान्यास गर्दै मन्त्री खत्रीले जनताका लागि आवास निर्माण गरिने बताए । तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिने बताउँदै मन्त्री खत्रीले जनता आवास विहिनि नहोस भनेर शिलान्यास गरिएको बताउनुभयो ।
कटारी १ न. वडा अध्यक्ष सुनिल मगरको सभापतित्वमा एक कार्यक्रमकावीच आवाशको शिलान्यास गरिएको हो ।


जनता भ्वाइस 







