कटारी / कटारी अस्पत्ताललाई ५० वेड सहित प्रादेशिक अस्पत्तालको स्वीकृति दिने निर्णय कोशी प्रदेश सरकारले गरेको छ । आज वसेको कोशी प्रदेशको मन्त्री स्तरीय वैठकले स्तर वृद्धि गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
आफू निर्वाचित भएसँगै कटारी अस्पताललाई स्तर उन्नति गरी थप सेवा दिने बनाउन आफू लागि परिरहेको बताउँदै कोशी प्रदेशका प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले आउने दिनमा थप सेवा प्रभाव अझ प्रभावकारी बन्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
यहाँका जनतालाई स्वास्थ सहज रुपमा पाउन कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानु पर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको मन्त्री खत्रीको भनाई थियो । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ सेवा घर नजिकको अस्पतालमा पाउन सके केही हद सम्म राम्रो हुन्थो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक अस्पताल बनाउन मुख्यमन्त्री केदार कार्की समक्ष विशेष जोड गरेको मन्त्री खत्रीले बताउनुभयो । 
कटारी अस्पताल कटारीको स्थानियले मात्र सेवा लिने अस्पताल नभई सोलुखुम्बुु, ओखलढुंगा, खोटाङ र सिन्धुलीका आधा भूभाग र सिराहा सम्मका स्थानियले सेवा लिने उहाँको भनाई थियो । मदन भण्डारीले सडक समेत कटारी बजारलाई जोडेसँगै कटारी अस्पताल स्तर उन्नती गरी सेवा प्रवाह विस्तार गर्नु पर्ने आवश्यकता रहेकाले मन्त्रिपरिषदको निर्णयले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लाने निर्णय गरे सँगै कटारी अस्पताल आउने दिनमा थप सेवा प्रभाव अझ प्रभावकारी बन्ने मन्त्री खत्रीले बताउनुभयो ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आफु निर्वाचित भएसँगै अस्पत्तालको विकासका लागि प्रादेशिक अस्पत्ताल बनाउन पहल गरेकोमा मन्त्री स्तरीय निर्णयको स्वगत गर्नुभयो । अव भने यस क्षेत्रका विरामीहरुले अन्यत्र जानुपर्ने वाध्यताको अन्त्य हुने पनि मेयर श्रेष्ठको भनाई थियो ।


जनता भ्वाइस 








