युवराज कार्की ( सन्ताेष)
कटारी/ कटारी नगरपालिकाको १२ औं नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाको हलमा सम्पन्न नगर सभामा क्षेत्रगत बजेट तथा खर्च प्रतिवेदन प्रस्तु गर्दै कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले हालसम्म कुल ५१ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
उपमेयर खड्काका अनुसार हालसम्म कुल विनियोजित ८४ करोड १४ लाख १३ हजार पाँच सयमा ४३ करोड ३१ लख ४३ हजार ४ सय ४७ रुपैंया ७९पैसा खर्च भएको छ । नगरपालिकाको हाल मौज्दात बजेट ४० करोड ८२ लाख ७० हजार २५ रुपैंया २१ पैसा रहेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको चैत्र मसान्त सम्मको आय व्यय तथा वैठकको स्विकृत आयोजना तथा कार्यक्रमहरु नगर कार्यपालिकाको वैठकहरुबाट निर्णय भएका संशोधन पनि अनुमोदन गरिएको थियो । सभालाई सम्बोधन गर्दै नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शुसासन कायम गर्न सवैजनाको समन्वय आवश्यक रहेको बताउनुभयो ।
नगरसभा ढिलो भएको भएपनि नगरपालिकाले उपलब्धि मूलक काम गरिहेको बताउनुभयो । उहाँले शिक्षा , स्वास्थ्यमा र शुसासनमा उपलब्धिहरु हासिल गरिरहेको बताउनुभयो । विज्ञान संकाय निशुल्क पढाउनु , कटारी अस्पत्ताललाई प्रदेश स्तरीय बनाउनु , सर्पदंशको उपचार सम्भव गराउनु लगायतका काम नगरको उपलब्धि मुलक काम भएको उहाँले बताउनुभयो ।
त्यसैगरी कटारीमा मेडिकल कलेज स्थापना भए ठूलो विकास सम्भव हुने र त्यसका लागि नगरपालिकाले सकेसम्मको पहल गरेको स्मरण गराउँदै आगामी बजेटका तथा नीति कार्यक्रममा सरकारले कटारीमा मेडिकल कलेजको स्थापनको घोषणा गर्न सक्ने बताउनुभयो । त्यसैगरी पटक पटक मिर्चैया ,कटारी , घुर्मी सडकका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममै वोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले एकआपसकोे आपसी छलफलले नै समस्या समाधान हुने बताउनुभयो । समस्याहरु समाधान गर्दै कटारी नगरपालिका अघि बढेको भएपनि अपेक्षा गरेजस्तो राजश्व संकलन हुन नसक्नु लगायतका कमीकमजोरी रहेको अधिकृत भट्टराईको भनाई थियो ।
सभामा स्वगत मन्तब्य कटारी ५ का वडाध्यक्ष मोहन तामाङ्गले राख्नुभएको थियो । त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भूपेश तामाङ्ग, ११ का अध्यक्ष क्षेत्रबहादुर खड्का , १४ का अध्यक्ष अम्बर बहादुर मगर , ९ का अध्यक्ष बेगबहादुर मगरले आ आप्mनो नेतृत्वमा रहेको समितिको प्रगति विवरणहरु प्रस्तुत गर्दै मन्तव्य राखेका थिए ।
कार्यक्रममा छलफल गर्दै कटारी ५ का वडासदस्य मदनबहादुर वस्नेतले नगरपालिकामा सेवाग्राहीहरुले भनेजस्तो काम सहज गर्न नपाएको गुनासो गर्नुभयो । एउटै कामलाई पटक पटक आउनुपर्ने वाध्यता ठिक नभएकोले सुधार गर्नुपर्ने उहाँको भनाई थियो ।


जनता भ्वाइस 







