images
images

कटारीमा दुव्र्यसनी विरुद्ध आमाहरु कार्यक्रम सुरु

कटारी / कटारी नगरपालिकामा दुव्र्यसनी विरुद्ध आमाहरु कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा कार्यक्रम सुरु गरिएको हो । आमाहरु मार्पmत लागुऔषध दुव्र्यसनी न्युनिकरण गर्न कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाको हलमा एक कार्यक्रमकावीच कार्यक्रम सुरु गरिएको हो । ‘वालवालिकाहरुसँग सबैभन्दा नजिक आमाहरु हुन्छन् , सवैभन्दा पहिला आप्mना वालवालिकाहरुको बारेमा उनीहरुले थाहा पाउँछन् ।’ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले भने , ‘आमाहरु सचेत भए कुलतमा फस्न वालवालिकाहरुले सक्दैनन् ।’
आमाहरु मार्पmत लागुऔषध दुव्र्यसनी न्युनिकरण गर्न यो कार्यक्रम सुरु गरिएको पनि उपरीक्षक राईले बताए । कार्यक्रममा कटारी बजारका आमाहरु , स्वास्थ्यकर्मीहरु , विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
आज (विहिबार)देखि सुरु भएको कार्यक्रम अन्र्तगत कटारी नगरपालिकाको विभिन्न ठाउँमा कार्यक्रमहरु गरिने पनि उपरीक्षक राईले बताए । कटारी नगरपालिकामा लागु औषध र्दुव्र्यसनी वढ्दै गएको भन्दै आमाहरु चिन्तित छन् ।
पछिल्लो समय लागुऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या वढ्दै गएपछी विभिन्न अभियानहरु संञ्चालन गर्न सुरु गरिएको हो । कार्यक्रममा वोल्दै ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीम भट्टराईले यो सामाजिक रोग नै भएकाले यसलाई समाजबाट निर्मुल पार्नुपर्ने बताए ।
त्यसैगरी कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले सबैजना मिलेर यसको न्युनिकरण गर्नुपर्ने बताईन् ।‘लागुऔषध दुव्र्यसनी मुक्त नगर बनाउन सबैजना लागि परौं ,’उनले भनिन् , ‘कटारीमा यो सवैको साझा समस्या हो यसको अन्त्यका लागि सवैले हातेमालो गरौं ।’
कार्यक्रममै कटारी वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले कटारी बजारसँगै आसपास पनि लागु औषध प्रयोगकर्ताहरु वढ्दै गएकाले यसको न्युनिकरणमा आमाहरुसँगै सवैजना लागि पर्नुपर्ने बताए । यस कार्यक्रम अन्र्तगत कोशी प्रदेश प्रहरीले प्रदेश भरीका आमाहरुसँग लागुऔषध न्युनिकरणका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्नेछ ।