images
images

कटारीमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईयो

कटारी / आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाईएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।
कटारीमा पनि मजदुरहरुले आज दिवश मनाए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कटारीको आयोजनामा दिवश मनाईएको हो । विभिन्न नाराहरु सहित कटारी बजार परिक्रमा गरी गोलपार्कमा भेला भएका मजदुरहरुले दिवश मनाएका जिफन्ट कटारीका अध्यक्ष सन्तबहादुर तामाङ्गले बताए ।
उनीहरुले प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा एक कार्यक्रम गरी दिवश मनाएका थिए । दिवशका अवसरमा वोल्दै अतिथिहरुले मजदुरको पक्षमासँधै काम गर्ने प्रतिवद्धता जनाए ।

विश्व भरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो ।