images
images

डढेलोले पाईप जलेपछी खानेपानीको समस्या

कटारी / डढेलोले बनको पाईप जलेपछी कटारी नगरपालिका १३ का ७० परिवार एकसातादेखि खानेपानी अभावमा छन् । महाभारत पहाडी जंगल क्षेत्रमा लागेको भीषण आगलागीले बत्तिस एमएमको पच्चीस सय बढी पाईप जलेको हो ।
पाईप जलेपछी वडाको बरबास , तीनखण्डे र तिल्केचौरका स्थानीय खानेपानीबाट वञ्चित भएका छन् । ‘लगातारको हावा र पहाडी भूभाग भएकाले आगोले जलेको पाईपहरुको फोटो खिच्नसम्म जान सकेका छैनौं ।’वडाध्यक्ष शम्भु श्रेष्ठले भने , ‘समस्या समाधानका लागि नगरपालिका र विपतहरुमा धाईरहेका छौं , घुर्मी प्रहरी चौकीबाट मुचुल्का पनि उठाउँदै छौं ।’
दुईवटा योजनाको पाईप जलेपछी तीनवटा गाउँमा पानी आउन सकेको छैन् । ‘खोला खोल्सी धाएर अलिअलि जम्मा गरेर गुजारा चलाई रहेका छन् ।’वडा सदस्य विनोद श्रेष्ठले भने , ‘पहाडी भूभाग पानी पिउनका लागि खोज्न पनि समस्या भईसक्यो ।’
डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख अनिरुद्र प्रसाद साहले भने डढेलोले पुराएको क्षतिबारे कार्यालयमा जानकारी नआउने बताए । ‘जनधनको क्षतिहरु स्थानीय निकाय , प्रहरी , प्रशासनमा जान्छ ।’उनले भने , ‘वन क्षेत्रमा पतकरहरु जलेर लागेका डढेलोहरु छन् , तर भीषण ठूला आगलागी भएका जानकारी छै्रन् ।’