images
images

हेल्पिङ् हर्टद्वारा कटारी अस्पत्ताललाई सत्ताईस लाख बराबरको सामाग्री प्रदान

कटारी /कटारी अस्पत्ताललाई २७ लाख बराबरको स्वास्थ्य सम्बन्धि उपकरणहरु सहयोग प्राप्त भएको छ । हेल्पिङ् हर्ट फर रिलिफ एण्ड डेभलपमेन्टले अस्पत्तालाई उपकरणहरु सहयोग प्रदान गरेको हो ।
अस्पत्तालका निमित्त मेडिकल सुपरीटेण्डेड डा.गौरब साहका अनुसार एनेस्थेसिया मेसिन , डेलिभरी बेड लगायतका अस्पत्ताललाई आवश्यक सामाग्रीहरु सहयोग प्राप्त भएको हो ।एक कार्यक्रमकावीच हेल्पिङ् हर्टका अध्यक्ष जियाउदिन खान र महासचिव मिराज खानले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , वडा नम्बर ४ का अध्यक्ष तथा अस्पत्ताल विकास समितिका अध्यक्ष भूपेश योञ्जन लगायतलाई उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
अस्पत्तालका निमित्त प्रमुख डा.साहका अनुसार हेल्पिङ् हर्टले आगामी डिसेम्बरमा थप उपकरणहरु सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्राप्त उपकरण तथा सामाग्रीहरुले अस्पत्तालमा सेवा दिन सहज हुने पनि डा.साहले बताए ।
सामाग्री ग्रहण गर्दैै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले दाताहरुलाई धन्यवाद दिनुभयो । त्यसैगरी नमुना रुपमा विकास भईरहेको अस्पत्ताललाई सामाग्रीले झन सहज र सजिलो उपचार सेवा दिन सकिने मेयर श्रेष्ठले बताउनुभयो ।