images
images

कटारीका डेरी व्यवसायीहरुलाई वैकल्पिक झोला वितरण

कटारी/ नगरपालिका वडा नम्बर ३ ले कटारी बजारका दुध डेरीहरुलाई पाँच सय थान वैकल्पिक झोला वितरण गरेको छ । बजारका ५ डेरीहरुलाई प्लाष्टिक झोला न्युनिकरणका लागि वैकल्पिक झोला वितरण गरिएको वडाध्यक्ष पुष्कर खड्काले बताए ।
आगामी जेठ १ गतेदेखि सवै डेरीहरुले प्लाष्टिक झोला पूर्ण रुपमा वन्द गर्ने भएकाले वैकल्पिक झोला लिएर जान पनि उपभोक्ताहरुलाई वडाध्यक्ष खड्काले आग्रह गरे । त्यसैगरी क्रमश अन्य व्यवसायीहरुलाई पनि प्लाष्टिक झोला न्युनिकरण गर्दै वन्द गरिने पनि वडाध्यक्ष खड्काले जानकारी दिए ।