कटारी / श्री त्रिवेणी मावि कटारी , ४ मा नयाँ शैक्षिक सत्र २०८१ मा भर्ना हुनका लागि आज प्रवेश परीक्षा सम्पन्न भयो । प्रवेश परीक्षाका लागि विद्यार्थीहरुको घुईचो नै लागेको थियो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नहुँदा विद्यालयले विद्यार्थी नै पाउन नसक्ने अवस्था कतिपय विद्यालयहरुमा छन् । तर यो विद्यालयमा आकर्षण यस्तो छ की यहाँ भर्नाका लागि क्षमता भन्दा बढी विद्यार्थी आउँछन् ।
यस क्षेत्रको पहिलो रोजाईको विद्यालय त्रिवेणी मावि वन्दै गएको छ । यहाँ यस शैक्षिक सत्रका लागि साना कक्षा देखि ९ कक्षा सम्मका लागि ३ सय ५० जनाको मात्रै मागसंख्या अथवा क्षमता थियो तर त्यो भन्दा तीनगुणा बढी परीक्षार्थी प्रवेश परीक्षामा सहभागी भए । ‘ झण्डै एकहजार जना प्रवेश परीक्षामा सहभागी भए ’विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले भने , ‘क्षमता अनुसार पनि हामीले दश प्रतिशत आदिवासी जनजाति , दलित , सिमान्तकृतहरुका लागि कोटा कायम गरेका छौं ।’
विद्यालयमा दुईहजार बढी विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा आकर्षण यति छ की आउने सवै विद्यार्थी पढाउने क्षमता छैन् । ‘सबैलाई भर्ना गरेर त कहाँ राखेर पढाउने , कसरी गुणस्तरीय शिक्षा दिने हामीले सवै प्रावधान अनुसार विद्यालयमा विद्यार्थी भर्ना गरेका हौं ’प्रअ कार्कीले भने , ‘आवश्यक पूर्वाधार , दक्ष शिक्षक शिक्षिका तथा गुणस्तरीय पठन पाठन भएपछी नतिजा राम्रो आउँछ , नतिजा राम्रो आएपछी विद्यार्थीको चाप वढ्छ ।’
यहाँ अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुन्छ । यहाँ डाक्टरदेखि , किसान सवै अभिभावकहरुको आकर्षण छ । यस विद्यालयले यस शैक्षिक सत्रदेखि यहाँ कार्यरत सवैल आप्mनै स्कूलमा वालवालिका पढाउने निर्णय पनि गरेको छ । प्रविधि मैत्री , दक्ष शिक्षक शिक्षिकाहरुबाट पठन पाठन हुने हुँदा पनि शैक्षिक गुणस्तर वढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहाल बताउनुहुन्छ । ‘गुणस्तरीय पढाई होस भनेर हामीले यस वर्षदेखि यहाँ कार्यरत शिक्षक , कर्मचारीहरुका छोराछोरी समेत यसै विद्यालयमा पढाउने निर्णय गरेका छौं ।’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहाल भन्छन् , ‘अहोरात्र विद्यालयको गुणस्तरीय अध्ययनका लागि काम गरिरहेका छौं ।’
यस विद्यालयमा पढाउनका लागि आसपासका नीजि विद्यालयका अभिभावकहरु पनि यस विद्यालयमा प्रवेश परीक्षा दिन आप्mना वालवालिकाहरु लिन आउँछन् । यस क्षेत्रकै पुरानो , पर्याप्त पूर्वाधार भएको , शिक्षक दरवन्दी समेत पुरा भएको , नेपाल सरकारको समेत नमुना विद्यालयमा परिसकेको यस विद्यालय पछिल्लो समय यस क्षेत्रकै सवैभन्दा बढी विद्यार्थीहरुको रोजाईमा परेको विद्यालय हो ।
विद्यालयको सवै समस्या समाधानका लागि बलियो व्यवस्थापन समूहको आवश्यकता हुने र त्यो पुरा गरे शैक्षिक गुणस्तर वढ्ने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहन कोईराला बताउँछन् । यहाँ नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाई हुन्छ । कृषि प्राविधिक धारमा समेत पढाई हुने यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउन छिमेकी जिल्ला सिन्धुली , ओखलढुंगा , खोटाङ्ग आसपासबाट पनि विद्यार्थीहरु आउँछन् । विद्यालयका सवै परिवार विद्यालयको गुणस्तरीय शिक्षामा खटेर सामूहिक रुपमा काम गरे नीजि भन्दा अब्बल सामुदायिक विद्यालय बनाउन सकिने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहन कोईरालाको भनाई छ ।
सामुदायिक भएपनि नीजि भन्दा बढी आकर्षण यस विद्यालयका छ । सिमित विद्यार्थी मात्रै प्रवेश परीक्षामा उत्तीर्ण हुँदा अन्य अनुत्तिर्ण विद्यार्थीहरुले यहाँ पढ्न नपाउनु भने दुखद रहेको अभिभावक सुब्बा सुनुवार बताउँछन् । ‘सवैले पढ्न पाउनुपर्ने अधिकार छ तर यहाँ फेल भएपछी विद्यार्थीहरु पढन् पाउँदैनन् यो दुखद छ ।’शिक्षक अभिभावक संघका अध्यक्ष कोईरालाले पनि यो विषय चिन्ताको विषय भएकाले यसको समाधानका लागि आसपासका सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिनुपर्ने सुझाव दिए ।
त्रिवेणी माविमा जसरी विद्यार्थीहरुको आकर्षण वढ्दै गएको छ यो सामुदायिक विद्यालयहरुले पनि नीजि भन्दा राम्रो गर्न सक्छन् भन्ने उदाहरण हो । आज प्रवेश परीक्षाका लागि अघि बढेका विद्यार्थीहरुका पाईलाहरुमध्ये धेरैले यहाँ प्रवेश पाउने छैनन् । विद्यालयको क्षमता अनुसार मात्रै यहाँ भर्ना हुनेछन् तर आसपासका सामुदायिक विद्यालयहरुले पनि त्रिवेणी मावि जस्तै गुणस्तरीय अध्ययन अध्यापन गराउने र त्यसका लागि आवश्यक तयारी स्थानीय सरकारले गर्ने हो भने सवै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउने थिए ।


जनता भ्वाइस 







