
गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा आज देखी कोशी प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव तथा रैथाने खाना प्रदर्शनी सुरु भएको छ । यहि वैशाख १८ गते सम्म संञ्चालन हुने उक्त महोत्सवको एक कार्यक्रमकावीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गरेको छन् ।
महोत्सवको उदघाटन गर्दै मन्त्री खत्रीले नेपालमा कृषि उत्पादन समेत आयात गर्नुपर्ने अवस्था रहेकाले यसलाई प्रतिस्थापन गर्नुपर्ने बताए । ‘त्यो चिजहरुलाई प्रतिष्थापन गर्न कृषि क्षेत्र र उद्योगमा हामीले जोड दिनुपर्छ ।’मन्त्री खत्रीले भने , ‘घरेलु उद्योग र कृषि क्षेत्रको विकास गर्न नसके सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्दैनौं ।’
नेपालको सवै सरकार , कर्मचारी सवैले ईमानदार भएर लागे सम्भव हुने मन्त्री खत्रीले बताए । सरकार परिवर्तन भईरहेपनि राम्रो कामहरुलाई निरन्तरता दिएर लाग्नुपर्ने पनि मन्त्री खत्रीले बताए । त्यसैगरी कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले उत्पादन बढेपनि बजारको समस्या रहेको बताईन् ।
पछिल्लो समय स्थानीय उत्पादन बढ्दा पनि बजार अभाववले कृषकहरु चिन्तित रहेको दनुवारको भनाई थियो । महोत्सवमा बिषेशगरी प्रदेशका १४ ओटा जिल्लामा उत्पादन भएको उद्योगी, शैक्षिक, बन, कृषि, पर्यटन लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै पुरानो स्थानीय स्तर तथा जातजातिका बिभिन्न रैथाने परिकारहरु राखिएका छन् । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, जिल्ला महिला उद्यमी संघ उदयपुर , उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बिराटनगरले आयोजना गरेको हो ।
त्यस्तै नेपाल पर्यटन बोर्ड काठमाडौ, त्रियुगा नगरपालिका गाइघाट उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, कृषि ज्ञान केन्द्र उदयपुर, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र उदयपुरले महोत्वसमा सहकार्य गरेका छन् ।