कटारी / नगरपालिकाले संस्थागत अर्थात निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानुन बमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संस्थागत विद्यालय मापदण्ड तथा संञ्चालन निर्देशिका २०६९ बमोजिम कुनै कक्षामा भर्ना भईसेकेको विद्यार्थी सोही विद्यालयमा अर्को कक्षामा भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको हो ।
सोमबार नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले नगरको सूचनामा भनिएको छ, ‘ कुनै कक्षामा भर्ना भईसेकेको विद्यार्थी सोही विद्यालयमा अर्को कक्षामा भर्ना शुल्क नलिन हुन ।’कटारीमा निजी विद्यालयले एकपटक भर्ना भएका विद्यार्थीलाई अर्को कक्षामा जाँदासमेत धेरै रकम लिइरहेको गुनासो बढेको थियो ।
कटारीमा ३० वटा संस्थागत विद्यालयहरु छन् । ‘कुन कुन शिर्षकमा कति कति शुल्क लिने गरेको छ भनेर ७ दिनभित्र विवरण पेश गर्न पत्राचार गरेका छौं ।’नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले भने , ‘आवश्यक र मापदण्ड बमोजिमको पुस्तक मात्रै किन्न लगाएको छ की अनावश्यक पुस्तक किन्न लगाएको छ विवरण मागेका छौं ।’
स्रोत व्यक्ति कार्कीका अनुसार ७ दिनभित्र कागजात लिएर अध्धयन गरी नगरपालिकाले अनुगमन गर्नेछ । धेरै गुनासो बढेपछी निगरानी थालेको पनि स्रोत व्यक्ति कार्कीले जानकारी दिए ।
त्यसैगरी नगरपालिकाको शिक्षा कार्यविधि २०७७ को दफा ३४ बमोजिम छनौट समितिबाट अनुमोदन गराई छात्रवृत्ति लागु गर्न पनि नगरपालिकाले निर्देशन दिएको छ । त्यस्तै शुल्क निर्धारणको व्यवस्थाप भएकोमा हालसम्म लिएका शुल्कको कक्षागत शीर्षक अनुसार विवरण ७ दिनभित्र पेश गर्न पनि निर्देशन दिईएको छ ।
त्यसैगरी संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका बमोजिमको विद्यालयमा पाठ्यपुस्तक लागु गर्न हुन र ७ दिनभित्र पाठ्यपुस्तकको नामावली पेश गर्न पनि निर्देशन दिईएको छ । कटारीका विद्यालयहरुले फरक फरक पुस्तकहरु पmरक फरक पसलहरुमा समन्वय गरी विद्यार्थीहरुलाई सोही पसलमा भनेकै रकममा किन्न वाध्य पार्ने गरेका छन् ।
भर्ना , पुस्तक खरिदमा ठूलो मारमा पर्ने गरेको अभिभावकहरुको गुनासो छ ।


जनता भ्वाइस 







