कटारी/ कटारी नगरपालिका वडा नम्बर ४ गबुवाका स्थानीय र मारुती सिमेन्टका लागि चुनढुंगा वोक्ने ढुवानीकर्ता ओम शिवम मल्टिप्रपोज र कसमस सिमेन्टका प्रतिनिधिवीच सहमति भएपछी ट्रिपर संञ्चालनमा आएका छन् । ४ वैशाखदेखि गबुवाका स्थानीयले ट्रिपर वन्द गराएका थिए । गबुवामा ट्रिपरकै कारण ककरुखोलाको उचाई वढ्दै तटबाँध भन्दा अग्लो भएपछी गाउँ नै जोखिममा परेको , धुलोले समस्या पारेको भन्दै स्थानीयले ट्रिपर संञ्चालन गर्न दिएका थिएनन् ।
हिजो अमृतबहादुर मगरको संयोजकत्वमा गबुवामा भएको भेलाले दुवै उद्योगका गरी जम्मा असी घण्टा जेसिवी चलाई तटबाँध निर्माण गरिदिने , तारजालिबारे आगामी वैठकमा निर्णय गर्ने र दुवै उद्योगले एकएकवटा ट्याँकरले पानी छिट्ने सहमतिपछी ट्रिपर संञ्चालनमा आएको हो । गबुवाका स्थानीयले आफुहरु पीडित भएको भन्दै अनिष्चितकालिन वन्द सुरु गरेका थिए ।
वन्द पश्चात भएको भेलामा दुवै उद्योगका प्रतिनिधि र स्थानीयबीच सहमति भएको हो । तारजालि लगायतका अन्य समस्या समाधानका लागि निकट भविष्यमै नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ सहित छलफल गर्ने पनि सहमति भएको स्थानीय कोपिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक राईले बताउनुभयो ।


जनता भ्वाइस 







