
कटारी /कटारी नगरपालिका वडा नम्बर १० का तीनघर आगलागी पीडितहरुलाई नगद आर्थिक सहयोग प्रदान गरिएको छ । कलाकार मनिष श्रेष्ठको पहलमा देशविदेशबाट प्राप्त दुईलाख ६ हजार एक रुपैंया आर्थिक सहयोग प्रदान गरिएको हो ।
आगलागीबाट घरगोठ जलेर नष्ट भएपछी कटारी , १० थुम्की गाउँका ७४ वर्षिय गुमानसिंह थापा मगरको परिवार र २९ वर्षिय नारायणबहादुर थापा मगरको परिवारको वास त्रिपालमा रहेको छ । सोही आगलागीमा परी मतान जलेका वेचन थापा मगर भने घरमै वसिरहेका छन् । वेचनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीवाख्रा मरेका थिए ।
आगलागी पीडित तीनै परिवारलाई वडाध्यक्ष क्षेत्रबहादुर खड्का , ककनी टोल विकास संस्थाका अध्यक्ष जीवनजंग राउत साथै स्थानीयहरुको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो । आगलागीपछी कलाकार श्रेष्ठले सामाजिक संञ्जाल फेसबुकको ग्रुप च्याट निर्माण गरी सहयोग संकलन गर्नुभएको थियो ।
जसमा व्यवसायी अनिश वानिया लगायतको पहलमा सहयोग रकम जम्मा भएको हो । पीडितहरुलाई सानो सानो रकमबाट सहयोग जम्मा गरी सहयोग गरेको कलाकार श्रेष्ठले बताउनुभयो । गायन , मोडलिंगका साथै विभिन्न विधामा राष्ट्रिय कलाकार श्रेष्ठ वडावासी समेत हुनुहुन्छ । आगलागीबाट अन्नपात , नगद , भाँडाकुँडा , लत्ताकपडा गरी झण्डै ६५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताउनुभयो ।
सहयोगीहरुको नामावली यसप्रकार छ –