कटारी/ कटारीमा ४५ दिने एडभान्स सिलाई कटाई सिप तालिम आज सम्पन्न भएको छ । कटारी नगरपालिका वडा नम्बर ३ को समन्वय र घरेलु तथा साना उद्योग कार्यालय गाईघाटको आयोजनामा तालिम सम्पन्न भएको हो ।
कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्काका अनुसार तालिममा वडा नम्बर ३ का १२ टोलका १२ र अन्य २ गरी १४ जनाले सिलाई कटाई सम्बन्धि एडभान्स तालिम लिएका हुन् । यस अघि आधारभूत तालिम लिएकाहरुलाई तालिममा सहभागी गराईएको पनि वडाध्यक्ष खड्काले बताउनुभयो ।
तालिमको सहजिकरण प्रशिक्षक कविता बुढाथोकीले गर्नुभएको थियो । आज उदयपुर उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमकावीच सहभागीहरुलाई प्रमाण पत्र दिंदै तालिमको समापन गरिएको थियो ।