images
images

कटारीको सगरमाथा हस्पिटलबाटै पथ्थरीको उपचार सुरु

कटारी / कटारीको सगरमाथा हस्पिटलमै पथ्थरीको शल्यकृया गर्न सुरु भएको छ । हस्पिटलका प्रमुख डाक्टर दिपेश परसैलाका अनुसार कटारी , ६ का १७ वर्षिय प्रदिप राईको २० एमएमको पथ्थरीको शल्यकृयाबाट सफल उपचार गरिएको छ ।
तत्काल समस्या पत्ता लगाई वरिष्ठ सर्जन डाक्टर गंगा मण्डल , एनेस्थेसिया डाक्टर श्याम साह र अस्पत्ताल प्रमुख परसैलाले शल्यकृया गरी पथ्थरी निकालिदिएका हुन् । प्रमुख परसैलाले सगरमाथा हस्पिटलमै पथ्थरीको उपचार गरिने भएकाले अन्यत्र जाने वाध्यताको अन्त्य भएको वताउनुभयो ।
कटारीमै यसको सहज किसिमले उपचार हुने भएकाले अन्यत्र नजान पनि डा. परसैलाले आग्रह गर्नुभयो । त्यसैगरी सगरमाथा हस्पिटलमै हाईड्रोसिल , हर्निया , पाठेघर , पायल्स फिस्टुला , एपेन्डिक्सको पनि सहज उपचार शल्यकृया गरिंदै आएको पनि डा.परसैलाले बताउनुभयो ।