images
images

आगलागीबाट गोठ जलेर नष्ट

कटारी/कटारी नगरपालिका वडा नम्बर ८ बबलाका सन्तबहादुर आले मगरको गोठ जलेर नष्ट भएको छ । हिजो दिउँसो दुध तताएर राखेको आगोबाट गोठ जलेको हो ।
आगलागीमा जलेर एउटा बाख्रा मरेको , एकबोरा चामल जल्नुका साथै भाँडाकुँडा लगायतका सामाग्री जलेको जयसिद्धबाबा तल्लो बबला टोल विकास संस्थाका सचिव पहलसिंह थापा मगरले जानकारी दिनुभयो । आगलागीबाट दुईलाख बराबरको क्षति भएको पनि मगरले जानकारी दिनुभयो ।