
कटारी/ कटारी नगरपालिका १० मा हिजो भएको आगलागी बाट घर पुर्ण रुपमा जलेर नस्ट भएका पिडीतहरुलाई राहत जुट्न थालेको छ । आगलागीबाट गुमानसिङ थापा मगर, नारायण थापा मगर र बेचन थापा मगरको घर जलेर नष्ट भएको थियो ।
उनीहरुलाई रेडक्रस सोसाइटी कटारी नगर शाखाबाट प्रारम्भिक राहत सहयोग उपलब्ध गराइएको हो । सोसाइटीका सचिव ईश्वर पोखरेलका अनुसार पिडितहरुलाई दैनिक उपभोग्य खाद्यन्न लत्ताकपडा,भाँडाकँुडा र सरसफाईका सामाग्री हस्तान्तरण गरिएको हो । उक्त राहत वडा सदस्य गणेश श्रेष्ठसँगको समन्वयमा पठाईएको रेडक्रस जिल्ला उदयपुर शाखाका सदस्य अशोक श्रेष्ठले बताउनुभयो ।
आगलागीबाट अन्दाजी ७४ लाख बढीको क्षति भएको थियो ।