images
images

लैङ्गिक हिंसा न्युनिकरण नभए समृद्ध नगर बन्दैन , मेयर राजेशचन्द्र श्रेष्ठ

कटारी /कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले लैङ्गिक हिंसा न्यूनीकरण नभएसम्म समृद्ध नगरपालिकाको निर्माण हुन नसक्ने बताउनु भएको छ । आज कटारी नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको सल्लाहकार समितीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कटारी नगरपालिकाले लैंगिक हिंसा न्यूनीकरणका लागि हरेक बर्ष विभिन्न कामहरु गर्दै आएको र सबैको सहयोगमा मात्रै हिंसा न्यूनीकरण सम्भव हुने मेयर श्रेष्ठको भनाई थियो । अन्य भैतिक योजनामा मात्र सबैले प्राथमिकता दिएर मात्र नगरको समग्र बिकास नहुने भन्दै उहाँले लैङ्गिक हिंसाका कार्यक्रमलाई पनि सँगसँगै लानु पर्ने वताउनुभयो ।
वैठकले गत वर्षको गतिविधि र उपलब्धी सन २०२४ को कार्ययोजना पारित गरेको छ ।त्यसैगरी लैङ्गिक उत्तरदायी बजेटका लागि युएनएफपीएको प्राविधि सहयोग रहने पनि निर्णय गरेको छ । त्यस्तै परियोजनाका विभिन्न विषयहरुमा पनि छलफल तथा निर्णय गरिएको थियो ।