images
images

खानी पीडित स्थानीयद्वारा खानी वन्द , वन्द खोल्नु पर्ने भन्दै मजदुरहरु आन्दोलित

कटारी/ स्वतन्त्र यातायात मजदुर संगठन , कटारी नगर समितिले आज बन्द हडतालको विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कटारीका ट्रिपर व्यवसायमा आवद्ध मजदुरहरुको संगठनले कटारी ४ बाट र्याली सहित प्रदशर्न गर्दै कटारी नगरपालिका परिसरसम्म प्रदशर्न गरेका हुन् ।
केहिदिन अघि ईलाका प्रशासन कार्यालय लगायतमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले मजदुरहरुले कामको सुनिष्चितता गर्नुपर्ने माग राखेका थिए । कटारीबाट संञ्चालित विभिन्न चुनढुंगा खानीबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपरमा आवद्ध मजदुरहरुले खानीमा हुने बन्दका कारण आप्mनो जनजीवन प्रभावित भएको भन्दै प्रदशर्न गरेको संगठनका अध्यक्ष मानबहादुर राईले बताए ।
केहिदिन अघिदेखि कटारी , ८ स्थित सौर्य सिमेन्टको चुनढुंगा खानी क्षेत्रका स्थानीयले विभिन्न मागहरु राखी खानीबाट ढुवानी अवरुद्ध गरेका छन् । ढुवानी अवरुद्ध भएपछी ट्रिपर वन्द भएका छन् । ट्रिपर वन्द भएपछी मजदुरहरुले काम गर्न पाएका छैनन् ।
विभिन्न समयमा पटक पटक हुने वन्द हड्तालका कारण मजदुरहरुले काम गर्न नपाएपछी समस्या हुने गरेको मजदुरहरुले बताएका छन् । वन्द हड्ताल वन्द गरी नियमित काम गर्ने वातावरण मिलाउन दबाव स्वरुप शान्तिपूर्ण प्रदशर्न गरेको संगठनका पूर्वअध्यक्ष दिपक माझीले बताए ।
बन्द हडताल वन्द गर भन्दै आन्दोलनरत मजदुरहरुले स्वर्थ समूहले वन्द हडताल गरेको आरोप लगाएका छन् । कटारी , ८ का स्थानीयले भने पटक पटक उद्योगले नगरपालिकासँग गरेको सम्झौताहरु पुरा गर्नुपर्ने , उचित वस्ती व्यवस्थापन , उचित मूअब्जा , वातावरणीय प्रभाव मूल्याकंन कार्यान्वयन गर्नुपर्ने , आईएलओ १६९ कार्यान्वयन गर्नुपर्ने माग राखेर खानीमा ट्रिपर चल्न दिएका छैनन् ।
एकातिर स्थानीयको माग र अर्कातिर मजदुरहरुको समस्याका कारण बन्द गर्ने र वन्द खोल्नुपर्ने दुईपक्षवीच छलफल भने हुन सकेको छैन् ।